आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
राजनीति लुम्बिनी प्रदेश

नेकपाका संयोजक प्रचण्डले भने- नयाँ र पुराना दलको संरक्षक भएर काम गर्छु

धेरै सिट ल्याएका दलहरूलाई अहङ्कारबाट बच्न अनुरोध गरे ।
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २२ फागुन, २०८२ मा प्रकाशित
नेकपाका संयोजक प्रचण्डले भने- नयाँ र पुराना दलको संरक्षक भएर काम गर्छु
रुकुम पूर्व, फागुन २२ :

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं रुकुम पूर्वबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित पुष्पकमल दाहाल (प्रचण्ड)ले आफूले नयाँ र पुराना दलहरूको संरक्षक भएर काम गर्ने बताएका छन् । आज प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि मतदाता धन्यवाद र्‍यालीलाई रुकुमकोटमा सम्बोधन गर्दै उनले सबै मिलेर देशलाई आगाडि बढाउनुपर्नेमा जोड दिए ।

एमाले र कांग्रेसलाई आफूले दुई तिहाइको अहङ्कार नगर्नूस् है गल्ती हुन्छ भनेर बारम्बार संसद्मा बोलिहरेको बताउँदै संयोजक प्रचण्डले भ्रष्टाचारविरुद्ध लड्दै गर्दा विकास र समृद्धिका लागि लड्दै गर्दा सङ्ख्याको अहङ्कारले आफूलाई बाहिर पठाएको स्मरण गरे ।

उनले भने, “त्यही बेलामा मैले चुनौतीका साथ भनेको थिए सङ्ख्याले केही नापिँदैन । बङ्गलादेशमा एउटै पार्टीको दुई तिहाइ हुँदा पनि के हालत भयो देखिएकै छ ।” उनले धेरै सिट ल्याएका दलहरूलाई अहङ्कारबाट बच्न अनुरोध गरे ।

“इतिहासका आधारमा म सबैका लागि गुरु हुन सक्छु,” संयोजक दाहालले भने, “तपाईंहरूको जस्तै लहर मैले २०६४ मै देखिसकेको छु, त्यसैले अनुभवका आधारमा सबैसँग मिलेर काम गर्न तयार छु ।” त्यसैले नयाँ दलहरूलाई पनि आफूले राम्रोसँग नेतृत्व दिनुपर्दछ भन्ने महसुस गरेको भनाइ उनको थियो ।

रुकुम पूर्वले भारी मतले यो निर्वाचनमा जिताएर ठूलो भारी बोकाएको बताउँदै संयोजक दाहालले देशकै ठूलो जिम्मेवारी काँधमा आएको महसुस गरेको बताए ।

पूर्वप्रधानमन्त्रीहरूमध्येमा अहिले आफूमात्र विजयी हुने विचित्रको स्थिति आएको बताउँदै उनले इतिहासलाई बोकेर हिँड्नुपर्ने बताए । जनयुद्ध र जनआन्दोलनको इतिहास, शान्ति प्रक्रिया टुङ्ग्यएर यो देशमा स्थायित्वका निम्ति भए पनि आफूले निकै ठूलो भारी बोक्नुपर्ने स्थिति आएको उनले बताए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार