बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार राजनीति प्रदेश गण्डकी प्रदेश

कास्की क्षेत्र नम्बर २ मा रास्वपाका उत्तमप्रसाद पौडेल विजयी

· शनिबार, २३ फागुन, २०८२ मा प्रकाशित
कास्की क्षेत्र नम्बर २ मा रास्वपाका उत्तमप्रसाद पौडेल विजयी
कास्की, फागुन २३ :

कास्की क्षेत्र नम्बर २ मा रास्वपाका उम्मेदवार उत्तमप्रसाद पौडेल ३१ हजार ९११ मत प्राप्त गर्दै विजयी बनेका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रश्मि आचार्यले जम्मा ७ हजार ४९३ मत मात्रै पाएका छन् ।

नेकपा एमालेको अभेद्य गढ मानिँदै आएको कास्की क्षेत्र नम्बर २ मा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक सफलता हात पारेको छ।

२०६४ सालको प्रचण्ड लहरमा समेत कसैले भत्काउन नसकेको एमालेको यो विरासतलाई रास्वपाका उम्मेदवार उत्तमप्रसाद पौडेलले निकै फराकिलो मतान्तरले ध्वस्त पारिदिएका छन्।

यो नतिजाले एमालेलाई आफ्नै गढमा स्तब्ध बनाएको छ।  पौडेल र आचार्यबीचको मतान्तर २४ हजार ४१८ रहेको छ, जुन कास्कीको चुनावी इतिहासमा निकै ठूलो मानिन्छ।

यो क्षेत्रमा काँग्रेसमा माधवप्रसाद बाँस्तोला (मधु) तेस्रो भए । उनले ६ हजार ५ सय मत प्राप्त गरेका छन् ।

यसअघि २०७९ सालको निर्वाचनमा रास्वपा यो क्षेत्रमा ४ हजार ५ सय मतले पछाडि परेको थियो। यद्यपि, त्यतिबेला समानुपातिकतर्फ रास्वपा नै पहिलो दल बनेको थियो। यसपटक नेपाली कांग्रेस त्यागेर रास्वपा प्रवेश गरेका उत्तमले एमालेको गढमा धावा मात्रै बोलेनन्, मुख्य प्रतिस्पर्धीलाई चार गुणाभन्दा बढी मतले पराजित गरिदिए।

चुनावी प्रतिस्पर्धामा परम्परागत शक्तिहरूको अवस्था निकै नाजुक देखिएको छ।

यो क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीलाई पछाडि पार्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) तेस्रो स्थानमा आएको छ। राप्रपाका हेमजंग गुरुङले १ हजार ६४३ मत ल्याउँदा नेकपाका हेमबहादुर थापा (किरण) १ हजार २७६ मतसहित पाँचौँ स्थानमा खुम्चिएका छन्। उज्यालो नेपाल पार्टीका कुशल गुरुङले १ हजार २०१ मत प्राप्त गरे।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार