बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
समाचार राजनीति प्रदेश मधेस प्रदेश

पर्सा २ मा रास्वपाका उम्मेदवार सुशील साह कानु विजयी

· शनिबार, २३ फागुन, २०८२ मा प्रकाशित
पर्सा २ मा रास्वपाका उम्मेदवार सुशील साह कानु विजयी
पर्सा, फागुन २३ :

प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्सा क्षेत्र नम्बर–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील साह कानु भारी मतान्तरसहित विजयी भएका छन्।

उनले पूर्वमन्त्री एवम् नेपाली काङ्ग्रेसका अजय चौरसियालाई पछि पारेका हुन् ।

निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार कानुले २५ हजार २ सय ५० मत प्राप्त गरेका छन्।

उनका निकटतम प्रतिद्वन्द्वी चौरसियाले १० हजार ८० मत प्राप्त गरेका छन्। यससँगै कानुले चौरसियालाई १५ हजार १ सय ७० मतान्तरले पराजित गरेका हुन्।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) की उम्मेदवार रिमा यादवले ९ हजार ८ सय ४४ मत प्राप्त गर्दै तेस्रो स्थानमा रहेकी छन्।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार