
जाजरकोट, फागुन २३ :
जाजरकोट-१ मा नेपाली कांग्रेसका खड्कबहादुर बुढा विजयी भएका छन् ।
नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार एवं पूर्व गृहमन्त्री शक्तिबहादुर बस्नेत पराजित भएका छन् । कांग्रेसका बुढा विद्यार्थी राजनीतिबाट अघि बढ्दै पहिलो पटक संसद् प्रवेश गरेका छन् ।