
चितवन, फागुन २३ :
चितवन- ३ मा रास्वपाकी उम्मेदवार सोविता गौतम सर्वाधिक मत ल्याएर विजयी भएकी छन् । गौतमले ५९ हजार २ सय ७७ मत ल्याएर जित हात पारेकी हुन् ।
उनले निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी उम्मेदवार रेणु दाहाललाई ३८ हजार ६ सय ६२ मतान्तरले हराउँदै विजयी भएकी हुन् । दाहालले जम्मा २० हजार ६ सय १५ मत प्राप्त गरिन् ।