
कैलाली, फागुन २३ :
कैलाली-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता आनन्दबहादुर चन्द विजयी भएका छन् ।
चन्द नेपाली कांग्रेस सुदूरपश्चिमका महामन्त्री नरनारायण शाहलाई २० हजार मतले पराजित गर्दै विजयी भएका हुन् ।
चन्द ३१ हजार ९५३ मतका साथ प्रतिनिधि सभा सदस्य निर्वाचित हुँदा निकटत प्रतिद्वन्द्वी शाहले ११ हजार ९५८ मत ल्याएका छन् ।
कैलाली–५ मा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार प्रेमबहादुर आले सात हजार ८७६ मतसहित तेस्रो भएका छन् ।