अछाम, फागुन २३ :

अछाम-१ बाट नेपाली कांग्रेसका भरतबहादुर स्वाँर विजयी भएका छन् ।  स्वाँरले १० हजार ७५९ मत प्राप्त गरेर विजयी भएका हुन् । नेपाली कम्युनिस्ट पार्टीका नेता भीम रावल  ५२६ मतले पराजित भएका हुन् ।

रावलले १० हजार २३३ मत पाए । नेकपा एमालेका उम्मेदवार दीपकबहादुर साउद सात हजार ३८९ मत ल्याएर तेस्रो भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार ओमप्रकाश रावलले एक हजार ७३९ मत पाए  ।