
काठमाडौं, फागुन २५ :
सर्वोच्च अदालतले धनुषा निर्वाचन क्षेत्र नं १ मा उम्मेदवार खारेजसम्बन्धी निर्णयको फाइलसहित उपस्थित हुन निर्वाचन आयोगलाई निर्देशन दिएको छ। सोमबारन्यायाधीश नृपध्वज निरौलाको एकल इजलासले यही फागुन २९ गते उपस्थित हुन निर्वाचन आयोगको नाममा आदेश दिएको हो।
रास्वपाका उम्मेदवार किशोरी साह कमलको उम्मेदवारी खारेज भएको धनुषा १ मा आयोगले परिणाम सार्वजनिक गर्न रोक लगाएपछि उनी सर्वोच्च पुगेका हुन् । अदालतबाट आउने आदेशपछि मात्रै औपचारिक रूपमा विजयी उम्मेदवार घोषणा गरिने बताइएको छ। मत परिणामसमेत सार्वजनिक नगर्न भनिएको छ ।