बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
राजनीति

बालेन्द्र शाह प्रधानमन्त्री बन्नेमा कुनै शंका छैन : पाण्डे

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, २६ फागुन, २०८२ मा प्रकाशित
बालेन्द्र शाह प्रधानमन्त्री बन्नेमा कुनै शंका छैन : पाण्डे
काठमाडौं, फागुन २६ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता राजुनाथ पाण्डेले बालेन्द्र शाह प्रधानमन्त्री बन्नेमा कुनै शंका नरहेको बताएका छन्।

मंगलबार राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बालेन प्रधानमन्त्री बन्ने कुरामा कुनै दुविधा नरहेको बताएका हुन्। उनले गैर जिम्मेवार कुरा नगर्न समेत आग्रह गरेका छन् ।  

काठमाडौँ ३ बाट निर्वाचित पाण्डेले उपसभापति डीपी अर्यालले भनेको कुरा आफूलाई थाहा नभएको बताएका थिए। अर्यालले त्यस्तो भनेको हो भने उनको भनाइ गैर जिम्मेवार रहेको पाण्डेको भनाइ थियो।

अर्यालले केही दिनअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दा बालेन तथा पार्टी सभापति रवि लामिछानेको सहमतिबारे आफूलाई थाहा नपाएको प्रतिक्रिया दिएका थिए। बालेनलाई नै देखाएर भोट बटुलेको रास्वपाले प्रधानमन्त्रीको विषयमा जिम्मेवार व्यक्तिले अस्पष्ट कुरा गर्दा आक्रोश र आशंका पैदा भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार