काठमाडौं, फागुन २६ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता राजुनाथ पाण्डेले बालेन्द्र शाह प्रधानमन्त्री बन्नेमा कुनै शंका नरहेको बताएका छन्।

मंगलबार राजधानीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले बालेन प्रधानमन्त्री बन्ने कुरामा कुनै दुविधा नरहेको बताएका हुन्। उनले गैर जिम्मेवार कुरा नगर्न समेत आग्रह गरेका छन् ।  

काठमाडौँ ३ बाट निर्वाचित पाण्डेले उपसभापति डीपी अर्यालले भनेको कुरा आफूलाई थाहा नभएको बताएका थिए। अर्यालले त्यस्तो भनेको हो भने उनको भनाइ गैर जिम्मेवार रहेको पाण्डेको भनाइ थियो।

अर्यालले केही दिनअघि सञ्चारकर्मीहरूसँग कुरा गर्दा बालेन तथा पार्टी सभापति रवि लामिछानेको सहमतिबारे आफूलाई थाहा नपाएको प्रतिक्रिया दिएका थिए। बालेनलाई नै देखाएर भोट बटुलेको रास्वपाले प्रधानमन्त्रीको विषयमा जिम्मेवार व्यक्तिले अस्पष्ट कुरा गर्दा आक्रोश र आशंका पैदा भएको छ ।