बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
राजनीति प्रदेश बागमती प्रदेश

रवि लामिछानेको चुनावी खर्च ९ लाख ८९ हजार , यातायातमा सबैभन्दा बढी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, २७ फागुन, २०८२ मा प्रकाशित
रवि लामिछानेको चुनावी खर्च  ९ लाख ८९ हजार , यातायातमा सबैभन्दा बढी
चितवन, फागुन २७ :

चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार रवि लामिछानेले निर्वाचन खर्च विवरण बुझाएका छन् ।

निर्वाचन आयोगमा पेस गरिएको विवरणअनुसार नौ लाख ८९ हजार ९८७ खर्च भएको उल्लेख छ । आयोगमा पेस गरिएको पत्रमा मनोनयन दर्ता खर्च  १० हजार, नमूना मतपत्र सामग्री छपाइमा  ६८ हजार १६१, यातायात तथा इन्धन खर्च  दुई लाख ९५ हजार, मतदाता प्रशिक्षण खाजा खर्च  १४ हजार २००, वडास्तरीय प्रचारप्रसार ४६ हजार, प्रचारप्रसारका लागि झण्डा र ब्याच खरिद  एक लाख १२ हजार भएको जनाइएको छ ।

यसैगरी प्रचारप्रसारका लागि ब्यानर र ‘स्टिकर’ खरिद रु ५५ हजार, खाद्यान्न तथा रासन खरिद रु एक लाख ९६ हजार, हवाई खर्च रु १३ हजार ६२६ र गोष्ठी भेलामा रु एक लाख ८० हजार खर्च भएको जनाइएको छ । सो पार्टीको भरतपुर महानगर सभापति सीता ज्ञवालीले खर्च विवरण मङ्गलबार निर्वाचन आयोगमा पेस गरेकी हुन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार