
फाइल तस्बिर ।
काठमाडौं, फागुन २७ :
गण्डकी प्रदेशका पूर्व सांसद दीपक मनाङे कैद सजाय भुक्तान गरी छुटेका छन्। ज्यान मार्ने उद्योग दोषी ठहर भई डिल्लीबजार कारागार चलान भएका मनाङे कैद भुक्तान गरेर बुधबार छुटेका हुन् । २०६१ सालमा चक्रे मिलनमाथि खुकुरी प्रहार गरेको अभियोगमा मनाङेलाई ५ वर्षको जेल सजाय सुनाइएको थियो।
कैद भुक्तान गर्न बाँकी १ वर्ष ४ महिना कैद सजाय पूरा भएपछि छुटेका हुन् ।सर्वोच्च अदालतले २०८१ कात्तिक २० गते उच्च अदालत पाटनले गरेको फैसला सदर गरेपछि उनी २०८१ कात्तिक २७ गते पक्राउ परेका थिए । मनाङेले २० प्रतिशत कैद छुट पाएका छन् ।
आफ्ना पति मिलन गुरुङको बायाँ हात छिनालिदिएको भन्दै चक्रे मिलनकी श्रीमतीले प्रहरीमा उजुरी दिएकी थिइन्। २०६१ वैशाख ३१ मा काठमाडौँको महाराजगञ्ज चक्रे मिलनको समूह र मनाङे समूहबिच ‘ग्याङ फाइट’भएको थियो ।