आइतबार, ८ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

एमाले कास्की इन्चार्ज थापाको हृदयघातबाट मृत्यु

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, २८ फागुन, २०८२ मा प्रकाशित
एमाले कास्की इन्चार्ज थापाको हृदयघातबाट मृत्यु
कास्की, फागुन २८ :

नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण मृत्यु भएको छ।  हृदयघात भएर ढलेका थापालाई तत्काल पोखराको मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।

कास्की कमिटीले आज डाकेको चुनावी समीक्षा बैठकमै उनी ढलेका थिए । कास्की-१ को निर्वाचनको समीक्षा बैठकलाई १० मिनेट सम्बोधन गरेपछि उनी हृदयाघात भई ढलेका थिए । 

थापा यस अघि २०५४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन पोखरा उपमहानगरको प्रमुख र पछि गण्डकी प्रदेशसभा सदस्यलगायतको जिम्मेवारी सम्हालीसकेका थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार