
कास्की, फागुन २८ :
नेकपा एमाले कास्कीका इन्चार्ज कृष्ण थापाको हृदयघातका कारण मृत्यु भएको छ। हृदयघात भएर ढलेका थापालाई तत्काल पोखराको मणिपाल शिक्षण अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषित गरेका थिए ।
कास्की कमिटीले आज डाकेको चुनावी समीक्षा बैठकमै उनी ढलेका थिए । कास्की-१ को निर्वाचनको समीक्षा बैठकलाई १० मिनेट सम्बोधन गरेपछि उनी हृदयाघात भई ढलेका थिए ।
थापा यस अघि २०५४ सालको स्थानीय तहको निर्वाचनमा तत्कालीन पोखरा उपमहानगरको प्रमुख र पछि गण्डकी प्रदेशसभा सदस्यलगायतको जिम्मेवारी सम्हालीसकेका थिए ।