शुक्रबार, २३ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह #सुन बरामद#एक्सरसाइज क्यामब्रियान पट्रोल#बिजुलीको बिल#स्मार्ट पे रिवार्ड#दुर्गा प्रसाईं#नेपाल पथ पार्टी#निर्वाचन आयोगविरुद्ध प्रदर्शन#राष्ट्रिय भेला आयोजना गर्ने#नेकपा एमाले#बसाइँ र खानपिन खर्च#नवराज सुवेदी#क्षतिपूर्ति दिन सिफारिस#राष्ट्रिय मानव अधिकार आयोग#प्रकाशमान सिंह#लुटपाट#गिरोह
समाचार प्रदेश कर्णाली प्रदेश

बालिका मृत्यु प्रकरणः थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरोबाट

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, २९ फागुन, २०८२ मा प्रकाशित
बालिका मृत्यु प्रकरणः थप अनुसन्धान केन्द्रीय अनुसन्धान ब्यूरोबाट
कर्णाली, फागुन २९ :

जिल्ला प्रहरी कार्यालय सुर्खेतले बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया इनिशा विक घटनाको प्रारम्भिक अनुसन्धान जिल्लाबाटै सके पनि थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को सहयोग लिएर काम थालेको छ ।

घटनाको सुक्ष्म अध्ययनका लागि प्रहरी निरीक्षक कमाण्डको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) र नेपाल प्रहरी प्रदेश कार्यालय नेपालगन्जबाट पोलिग्राफीसहितको विज्ञ टोली सुर्खेत आइपुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुधीरराज शाहीले घटनाको सत्यतथ्य पत्ता लगाउन प्राविधिक र वैज्ञानिक दुवै विधि अवलम्बन गरिएको बताए ।

प्रहरी उपरीक्षक शाहीले भने, “सिआइबी सुर्खेत पुगेर अनुसन्धान थालेको छ । ‘पोष्टमार्टम’ रिपोर्ट अनुसन्धानको पाटोमा प्रहरी सक्रिय र गम्भीर भएर लागेर प्रारम्भिक अनुसन्धान भइसकेको छ । धेरै रिपोर्ट आइसकेको छ । मोबाइल पनि डिजिटल फोरेन्सिक ल्याबमा पठाइसकिएको छ । संदिग्ध र पीडित दुवैको मोबाइललगायत विद्युतीय सामग्री र घटनास्थलबाट सङ्कलित प्रमाण थप परीक्षणका लागि केन्द्रीय विधि विज्ञान प्रयोगशाला पठाइएको छ ।”

केन्द्रीय विधि विज्ञान प्रयोगशालामा टक्सिलोजिकल र वायो सेरोजिलिकल परीक्षणका लागि पठाइएको बताउँदै प्रहरी उपरीक्षक शाहीले त्यो रिपोर्ट आएपछि ‘पोष्टमार्टम’ र प्रयोगशालाबाट आउने रिपोर्टको तुलना गरेर एउटा निष्कर्षमा पुग्न सकिने बताए । उनका अनुसार यसका लागि छुट्टै टोली जिल्ला प्रहरी कार्यालयमा गठन गरिएको छ । 
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार