काठमाडौं, फागुन २९ :

धनुषा–१ को उम्मेदवारी विवादमा सर्वोच्चले आज आदेश सुनाउने भएको छ । सर्वोच्चले हिजो रास्वपाका किशोरी साहको नाम  कर्जा सूचना केन्द्रको कालोसूचीमा नरहेको भनी आदेश जारी गरेको थियो । सर्वोच्चको अन्तरिम आदेश, आयोगले निर्णय नहुँदै यादवलाई दिएको प्रमाणपत्र र कालोसूचीको कारण धनुषा–१ को विवाद अझै पेचिलो बनेको छ ।

निर्वाचन अधिकृतले धनुषा–१ मा नेकपाका मातृका यादवलाई करिब साढे १० हजार मतसहित निर्वाचित भएको प्रमाणपत्र दिइसकेको अवस्था छ। रास्वपाका साहले आफ्नो उम्मेदवारी रद्द गर्ने निर्वाचन आयोगको निर्णय बदर गर्न सर्वोच्चमा रिट दिएका छन् ।