काठमाडौं, फागुन २९ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना प्रकट गरेका छन् । ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति समवेदन दिएका हुन् ।

झापा–५ बाट निर्वाचित नेता शाहले आज सामाजिक सञ्जालबाट श्रद्धाञ्जली दिँदै केही समयअघि आफूले पिता गुमाएकाले पिता जस्तो रक्षक, गुरु र देवता अरु कोही हुन्न भन्ने संस्कृत श्लोकको स्मरण गरेका छन्।

'पिताको अनुपस्थितिले जिन्दगीमा कति रित्तोपन ल्याउँछ, कस्तो अपूरणीय अभाव ल्याउँछ भन्ने मैले महसुस गरेको छु । पूर्वप्रधानमन्त्री ओलीमा पर्न गएको पितृशोकमा हार्दिक समवेदना व्यक्त गर्दछु ।', शाहको सन्देशमा भनिएको छ । दिवङ्गत ओलीको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो ।