सोमबार, १९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

सरकारमा रहने मन्त्रीहरुको बारेमा पार्टीले कुनै निर्णय गरिसकेको छैन : मनिष झा

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १ चैत, २०८२ मा प्रकाशित
सरकारमा रहने मन्त्रीहरुको बारेमा पार्टीले कुनै निर्णय गरिसकेको छैन : मनिष झा
काठमाडौं, चैत १ :

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रवक्ता मनिष झाले अब बन्ने सरकारमा रहने मन्त्रीहरुको बारेमा पार्टीले कुनै निर्णय नगरेको बताएका छन् ।

आइतबार पार्टी कार्यालय बनस्थलीमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता झाले मन्त्री चयनका बारेमा पार्टी भित्र कुनै औपचारिक छलफल नभएको र कसैलाई जिम्मेवारी दिने कुनै निर्णय समेत नभएको बताए । उनले सांसदहरुले प्रमाणपत्र लिएर सपथ गरेपश्चातमात्रै सरकार गठन र मन्त्री चयनका विषयमा छलफल हुने स्पष्ट पारे ।

प्रवक्ता झाले रास्वपा नेतृत्वको सरकारमा रहने मन्त्रीहरुको बारेमा चासो रहनु स्वभाविक भएपनि अहिले नै मन्त्रालयगत दाबी राख्नु राजनीतिक रुपमा व्यवहारिक नहुने धारणा राखे । उनले जनताले दिएको मतलाई सम्बोधन हुने गरी रणनीतिक राजनीतिक प्रक्रियाहरू अघि बढाउने बताए। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार