
काठमाडौं, चैत १ :
नेपाली कांग्रेसले समानुपातिकको सूचीमा रहेका २० जना सांसदको टुंगो लगाएर आयोगमा बुझाउँदैछ । १५ सिटमा महिला र ५ सिटमा पुरुष गरेर २० जनाको नाम तय गरिएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
क्लस्टर मिलाएर आदिवासी जनजातीबाट ६, खस आर्यबाट ६, थारु, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्र मिलाएर कूल ५ जनाको नाम आयोगमा पठाएको छ । केही क्लस्टरमा तल माथि परेको खण्डमा आयोगले परिवर्तन गर्ने अवसर दिने प्रवक्ता चालिसेले बताए ।