बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल #इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल
राजनीति

जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १ चैत, २०८२ मा प्रकाशित
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय
काठमाडौं, चैत १ :

सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले गत भदौ २३ र २४ मा भएको घटनाबारे जाँचबुझ गर्न गठित आयोगले तयार पारेको प्रतिवेदन ग्रहण गर्ने निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

आयोगले तयार पारेको उक्त प्रतिवेदनबारे मन्त्रिपरिषद्मा छलफल भएको थियो ।  प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ लगायतलाई फौजदारी अनुसन्धान गर्न सिफारिस गरिएको भनिए पनि उक्त प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन ।
जेनजी आन्दोलनमा बल प्रयोग गर्ने र राज्यको सम्पत्तिमा आगजनी गरी क्षति पुर्‍याउनेलाई कारबाही हुनुपर्ने भन्दै उक्त प्रतिवेदनलाई तत्काल सार्वजनिक गर्न माग गरिएको छ । गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले निर्वाचन सकिए लगत्तै प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार