बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा जेनजी अभियन्ताहरुको प्रदर्शन

आँखामा कालोपट्टी बाँधेर प्रदर्शन
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २ चैत, २०८२ मा प्रकाशित
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै माइतीघरमा जेनजी अभियन्ताहरुको प्रदर्शन
काठमाडौं, चैत २ :

पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै जेनजी अभियन्ताहरूले काठमाडौँको माइतीघर मण्डलामा आज पनि प्रदर्शन जारी राखेका छन् ।

२३ र २४ भदौको घटना छानबिन गर्न गठित जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग राख्दै उनीहरुले केही दिनदेखि आफ्नो प्रदर्शनलाई निरन्तरता दिँदै आएका छन्।

आयोगले एक साता अघि प्रतिवेदन बुझाएको भए पनि सरकारले सार्वजनिक गरेको छैन। यद्यपि त्यतिबेलाका प्रधानमन्त्री, गृहमन्त्री र  प्रहरी प्रमुखलाई कारबाही गर्न सिफारिस गरिएको बुझिएको छ । आयोगका संयोजक कार्कीले पनि तत्काल प्रतिवेदन सार्वजनिक गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । उक्त प्रतिवदेनलाई दराजमा नथन्काइयोस् भन्ने जेनजी अभियन्ताहरूको माग रहेको छ ।
प्रतिवेदन सार्वजनिक गर्न दबाब दिँदै आएका छन् ।

गत  असोज ५ गते गठित आयोगलाई  भदौ २३ मा जेन–जी आन्दोलनमा भएको दमन र २४ भदौको तोडफोड तथा आगजनीका घटनाबारे छानबिन गर्न कार्यादेश दिइएको थियो।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार