सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

‘संविधान र कानुनअनुसार नै कांग्रेसका निर्वाचित समितिको विवरण अद्यावधिक गरिएको हो’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २ चैत, २०८२ मा प्रकाशित
‘संविधान र कानुनअनुसार नै कांग्रेसका निर्वाचित समितिको विवरण अद्यावधिक गरिएको हो’
काठमाडौं, चैत २ :

निर्वाचन आयोगले नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरूको विवरण आयोगको अभिलेखमा अद्यावधिक गर्दा नेपालको संविधान एवं कानुनबमोजिम गरिएको स्पष्ट पारेको छ ।

आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा आज जारी विज्ञप्तिमा आयोगले राजनीतिक दलसम्बन्धी ऐन, २०७३ र सम्बन्धित दलको विधान एवं अन्य प्रचलित कानुनबमोजिम गरेको निर्णयको विषयलाई सार्वजनिक सञ्चारमाध्यममा अन्यथा अर्थ लगाई टिप्पणी गरिएकाप्रति ध्यानाकर्षण भएको जनाइएको छ ।

निर्णयमा चित्त नबुझाएको पक्षले कानुनी उपचार खोज्ने अधिकारबमोजिम यस विषयमा सम्मानित सर्वोच्च अदालतमा परेको रिट निवेदनलाई सम्मान गरेको र आयोगको निर्णयउपर सम्मानित सर्वोच्च अदालतबाट परीक्षण हुने आयोगले जनाएको छ ।

संवैधानिक निकायले गरेको निर्णय र अदालतमा विचाराधीन विषयमा कानुनका मान्यसिद्धान्त, कानुनी व्यवस्था र मानवीय मर्यादालाई समेत ख्याल नगरी सार्वजनिक सञ्चारमाध्यमबाट निराधार टीकाटिप्पणी नगर्न नगराउन आयोगले सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराएको छ ।

आयोगको कानुनप्रतिको निष्ठा र यसले सम्पादन गरेका काम कारबाहीका विषयमा आएका कपोलकल्पित एवं निराधार विषयमा विश्वास नगर्न पनि सरोकार भएका  सबैमा आयोगले अनुरोध गरेको छ ।

आयोग कानुनी शासनमा सदैव पूर्ण विश्वास गर्ने भएकाले यसले गर्ने हरेक काम नेपालको संविधान र प्रचलित कानुनबमोजिम सम्पादन हुँदै स्पष्ट पारिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार