मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम #सभापति गगन थापा#चितवन राइनोज#विराटनगर#प्रधानमन्त्री राहत कोष#खेलकुदमन्त्री सस्मित पोखरेल#एसपी रूपेश खड्का#धनुषाका सभापति लक्ष्मेश्वर यादव#प्रदीप पौडेल#कांग्रेस महामन्त्री#स्वीप अपरेसन#कागेश्वरी मनोहरा नगर अस्पताल#सार्वजनिक सुनुवाइ#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम
राजनीति

नेपाली कांग्रेस संसदीय दलको नेता को बन्दैछन् ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ३ चैत, २०८२ मा प्रकाशित
नेपाली कांग्रेस संसदीय दलको नेता को बन्दैछन् ?
काठमाडौं, चैत ३ :

नेपाली कांग्रेसको संसदीय दलको नेता कसलाई बनाउने भन्ने विषयमा अन्योल देखिएको छ । प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा होमिएका पार्टी सभापति गगनकुमार थापा नै पराजित भएपछि अन्योलता सिर्जना भएको हो ।

सर्लाही–४ मा उठेका सभापति थापा पराजित भएका थिए ।  शीर्ष तहका नेताहरू सबै पराजित भएपछि संसदीय दलको नेता कसलाई बनाउने भन्नेमा अलमल भइरहेको छ । स्रोतका अनुसार कांग्रेसका निर्वाचित सबैले आकांक्षा देखाएका छन् ।

कसलाई दलको नेता बनाउने भन्ने विषयमा अहिलेसम्म केही टुंगो नलागेको एक नेताले बताए । जेष्ठ सदस्य अर्जुननरसिंह केसीलगायत , भीष्मराज आङ्देम्बे , भरतबहादुर खड्का, जनकराज गिरी, मोहन आचार्य र नरेन्द्र केरुङले पनि दलको नेतामा आकांक्षा देखाएका छन् ।

कांग्रेसबाट धेरै पटक सांसद तथा मन्त्री भइसकेका व्यक्ति भने केसी नै हुन् । तर,  केसी र आङ्देम्बेबीच नै गुटगत प्रतिस्पर्धा हुने देखिएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार