बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार स्वास्थ्य

काठमाडौं उपत्यकाका २० हजार विद्यार्थीको नि:शुल्क आँखा जाँच गरिने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शुक्रबार, ६ चैत, २०८२ मा प्रकाशित
काठमाडौं उपत्यकाका २० हजार विद्यार्थीको नि:शुल्क आँखा जाँच गरिने
काठमाडौं, चैत ६ :

काठमाडौं उपत्यकाका २० हजार विद्यार्थीको नि:शुल्क आँखा परीक्षण गरिने भएको छ ।  सामुदायिक विद्यालयसँगै संस्थागत विद्यालयका विद्यार्थीको आँखा जाँच गरिने जनाइएको छ।  काठमाडौं महानगर र नेपाल आँखा अस्पतालबीच आँखा परीक्षण गर्ने सम्झौता भएको छ ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल, प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं, स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।

सम्झौताअनुसार अस्पतालले विशेषज्ञ चिकित्सकमार्फत कम्तीमा ३० वटा विद्यालयका २० हजार विद्यार्थीहरूको आँखा जाँच गर्नुपर्नेछ। जाँचपछि आवश्यकताअनुसार औषधि तथा चस्मा पनि वितरण गरिनेछ।

महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोल डंगोलले बालबालिकामा अत्यधिक मोबाइलको लत बढ्दै गएकाले सम्भावित दृष्टिदोष पत्ता लगाई आँखाको स्वास्थ्य प्रवर्द्धन गर्न अस्पतालसँग सम्झौता गरिएको बताइन्। 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार