काठमाडौं, चैत ६ :

नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक पुन: आइतबार बस्ने गरी आजका लागि स्थगित भएको छ ।  केन्द्रीय सदस्य मधु आचार्यले बैठक आइतबार बिहान ८ बजे बस्ने गरी स्थगित भएको जानकारी  दिए ।

उपसभापति विश्वप्रकाश शर्माले प्रस्तुत गरेको प्रतिवेदनमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेका कारण बैठक लम्बिएको हो । बैठकमा उपसभापति शर्माले प्रतिनिधिसभा निर्वाचनको प्रारम्भिक समीक्षासहितको १४ पेजको प्रतिवेदन पेस गरेका छन्।

प्रतिनिधिसभा निर्वाचनमा पराजय हुनुमा गठबन्धन सरकारलाई दोषी मानिएको छ । दुई ठूला दल मिलेर सरकार बनाएपछि त्यसले सरकारको गतिमा तिव्रताको तीव्र अपेक्षा हुँदा सरकारको प्रस्तुति औसत रहेको शर्माको भनाइ छ । उनले नागरिक पंक्तिमा नयाँ विश्वास जगाउनुको सट्टा नयाँ आशासमेत जागृत हुन नसकेको उल्लेख गरे ।