बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ #ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’#केपी शर्मा ओली#सशस्त्र प्रहरी बल#भारतीय सशस्त्र सीमा बल#किलियान एम्बाप्पे#माओत्सेतुङ
समाचार प्रदेश लुम्बिनी प्रदेश

कपिलवस्तुमा हिन्दु र मुस्लिम समुदायबीचको विवाद चर्किन नदिन निषेधाज्ञा जारी

झडपमा एक बालकसहित कुल ६ जना घाइते
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, ७ चैत, २०८२ मा प्रकाशित
कपिलवस्तुमा हिन्दु र मुस्लिम समुदायबीचको विवाद चर्किन नदिन निषेधाज्ञा जारी
कपिलबस्तु, चैत ७ :

कपिलवस्तुको महाराजगंजमा हिन्दु र मुस्लिम समुदायबीचको विवाद चर्किन नदिन निषेधाज्ञा जारी गरिएको छ।

जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले दिउँसो २ बजेदेखि महाराजगन्जको पूर्वमा बर्गदी पुल, पश्चिममा बहादुरगन्ज चोक, उत्तरमा महाराजगन्ज बजार र दक्षिणमा हर्दौना क्षेत्रमा कुनै पनि किसिमको भेला गर्न, सभा, जुलुश तथा प्रदर्शन गर्न निषेधाज्ञा जारी गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी भविश्वर घिमिरेद्वारा जारी सूचनामा जनाइएको छ ।

महाराजगन्जको वडा नं २ र ३ को सीमा क्षेत्रमा मुस्लिमको ईद र हिन्दुहरुको नवरात्र मनाउने क्रममा उत्पन्न विवाद बढ्दै गएपछि प्रशासनले निषेधाज्ञा जारी गरेको हो ।झडपमा प्रहरी, हिन्दु र मुस्लिम समुदायका तर्फबाट एक बालकसहित कुल ६ जना घाइते भएका छन्। प्रहरी उपरीक्षक सन्तोष आचार्यका अनुसार घटना नियन्त्रणमा लिन ७ राउन्ड अश्रु ग्यास प्रहार गरिएको थियो।

जिल्ला प्रहरी कार्यालयका अनुसार मुस्लिम समुदायले नवाज पढिरहेका बेला हिन्दुहरूले दुर्गा माताको पूजा गर्दै भजनको आवाज चर्को बनाएपछि विवाद बढेको थियो।

केही मुस्लिम पक्षका मानिसले भजनको आवाज घटाएपछि दुई पक्षबीच झडप भएको थियो।

प्रहरीले दुवै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ।अहिले व्यापक प्रहरी परिचालन गरिएको छ।


 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार