काठमाडौं, चैत ९ :

नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ। मंगलबार दिउँसो १ बजेका लागि पार्टी कार्यालय सानेपामा बस्ने गरी बैठक बोलाएको हो। यसअघि उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा बसेको केन्द्रीय कार्यसमिति बैठकले सभापति गगनकुमार थापाको राजीनामा अस्वीकृत गरेको थियो। 

भोलि सभापति थापाकै अध्यक्षतामा बैठक बस्ने भएको छ।  बैठकमा निर्वाचनको पूर्ण समीक्षा हुने बताइएको छ । कांग्रेसको १५औँ महाधिवेशनको कार्यतालिकाको बारेमा पनि बैठकमा छलफल हुने कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।