ललितपुर, चैत १० :
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक केहीबेर अघिबाट सुरु भएको छ । पार्टी कार्यालय सानेपामा जारी बैठकमा १५औं महाधिवेशन तयारीको तयारी लगायत विभिन्न पाँच एजेन्डामाथि छलफल हुँदैछ ।
सभापति गगनकुमार थापा प्रतिनिधिसभा निर्वाचनपछि पहिलोपटक केन्द्रीय कार्यसमितिको बैठकमा उपस्थित भएका छन् । यसअघि गत शुक्रबारबाट सुरु भएको बैठकमा उनी अनुपस्थित थिए । पार्टीले बेहोरेको पराजयपछि थापाले दिएको राजीनामा अस्वीकृत भएपछि उनले फेरि कार्यसमिति बैठक बोलाएका हुन्।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
जनता र पार्टीलाई जोड्न मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गर्छौं : सभापति थापा
बार एसोसिएसनले भन्यो- न्यायपालिकाको नेतृत्व र न्यायाधीशको आचरणमाथि प्रश्न उठेको विषयमा छानबिन होस्
प्रधानन्यायाधीश शर्माको स्पष्टोक्ति : मलाई जोडेर लेखिएको समाचार भ्रामक