
ललितपुर, चैत ११ :
नख्खु कारागारका तत्कालीन जेलर सत्यराज जोशीले रास्वपा सभापति रवि लामिछानेलाई छाड्ने पत्रमा भिडले डरधम्की देखाई हस्ताक्षर गर्न बाध्य पारेको बताएका छन् । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगलाई दिएको बयानमा तत्कालीन जेलर जोशीले यस्तो बताएका हुन् ।
भदौ २४ गते बिहानैदेखि कारागारलाई लक्षित गर्दै सामाजिक सञ्जालमा भड्काउने सामग्री पोस्ट गरिएको उनले बताए । भदौ २४ गते दिउँसो करिब १३:४० बजे हजारौंको संख्यामा प्रदर्शनकारीहरूले 'रवि लामिछानेलाई छोड' भन्ने नारासहित कारागारको मुख्य गेटमा ढुंगामुढा र तोडफोड गर्दै आक्रमण सुरू गरेको जोशीको बयान छ । करिब १३:५० बजे भिडले मुख्य गेट तोड्दै जबर्जस्ती प्रवेश गरी कारागार आफ्नो नियन्त्रणमा लियो,' उनले भनेका छन् ।