नेकपा (एमाले) का सचिव पद्यमा अर्यालले गुण र दोषका आधारमा सरकारलाई सहयोग गर्ने बताएकी छन् । सङ्घीय संसदमा आज सपथग्रहण गरिसकेपछि रासससँग कुरा गर्दै प्रतिपक्षको हैसियतले गुण र दोषका आधारमा सकारात्मक काममा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
“प्रतिपक्षको भूमिकामा भएको हुनाले गुण र दोषका आधारमा सकारात्मक काममा हाम्रो सहयोगी भूमिका हुन्छ, त्यो हाम्रो प्रतिबद्धता हुन्छ, सहकार्यको अपेक्षा हुन्छ”, एमाले सचिव अर्यालले भनिन्, “हाम्रो चाहना भनेको जनसेवा र राष्ट्रसेवा हो, यसका लागि धेरै लोकतान्त्रिक शक्तिहरुसँग मिलेर काम गर्नुपर्ने हुन्छ, मुलुकको विकास र समृद्धि जनताको आवाजलाई बुलन्द बनाउन आफ्ना भूमिकालाई प्रभावकारी बनाउँछौ ।”
उनले संसद् सदस्यको हैसियत सपथ ग्रहण गरिरहदा निजी उपलब्धि नभई जनताको विश्वास र अपेक्षासहितको जिम्मेवारी भएको बताइन् । “संसदमा हामी प्रतिपक्षको भूमिकामा हुनेछौ, पारदर्शिता र सुशासन कायम गराउने विषयमा खबरदारी गर्ने काम गर्छाै”, उनले भनिन्, “अब बन्ने सरकारका निम्ति प्रतिपक्ष भएको हैसियतले विरोध नै गर्नुपर्छ भन्ने होइन, राम्रो काममा साथ र सहयोग रहन्छ ।”
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
जनता र पार्टीलाई जोड्न मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गर्छौं : सभापति थापा
बार एसोसिएसनले भन्यो- न्यायपालिकाको नेतृत्व र न्यायाधीशको आचरणमाथि प्रश्न उठेको विषयमा छानबिन होस्
प्रधानन्यायाधीश शर्माको स्पष्टोक्ति : मलाई जोडेर लेखिएको समाचार भ्रामक