काठमाडौं, चैत १३ :

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली नवनियुक्त प्रधानमन्त्री बालेन्द्र साहलाई बधाई दिएका छन् । उनले समाजिक सञ्जालमार्फत प्रधानमन्त्री बालेनलाई शुभकामना दिएका हुन् । बालेनले सपथ लिएको तस्वीर शेयर गर्दै ओलीले सफल कार्यकालको शुभकामना दिए ।

‘राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त हुनु भएकोमा हार्दिक बधाई’, उनले भनेका छन्, ‘मन्त्रिपरिषदका सबै सदस्यको कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दछु ।’

शीतल निवासमा आयोजित सपथ समारोहमा पूर्व प्रधानमन्त्रीहरु पुष्पकमल दाहाल प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई लगायत उपस्थित हुँदा ओली र शेरबहादुर देउवा भने सहभागी भएका थिएनन् ।