बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति भिडियो

ओली-लेखक गिरफ्तारीको विरोधमा एमाले देशव्यापी आन्दोलनमा उत्रियो

दुई तिहाइ सरकारको दिनबाट दिनगन्ती सुरु भयो : बस्नेत
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १४ चैत, २०८२ मा प्रकाशित
ओली-लेखक गिरफ्तारीको विरोधमा एमाले देशव्यापी आन्दोलनमा उत्रियो
काठमाडौं, चैत १४ :

नेकपा एमालेले पूर्वप्रधानमन्त्री केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेको विरोधमा देशैभर प्रदर्शन गरेको छ । नेकपा एमालेका सचिव महेश बस्नेतले पार्टीले देशभर आन्दोलन अझै सशक्त बनाएर अघि बढाउने चेतावनी दिएका छन्।

बस्नेतले प्रदर्शनका क्रममा प्रहरीबाट भएको दमनको विरोधमा भोलि १२ बजे जिल्ला सदरमुकामहरूमा आन्दोलन गर्ने बताए । एमालेले अध्यक्ष केपी शर्मा ओलीको पक्राउलाई 'पूर्वाग्रह र प्रतिशोध' भनेको छ र तत्काल रिहाइको माग गरेको छ।

प्रहरीबाट दमन भएको बताउँदै बस्नेतले यही अवस्था रहिरहे भोलि देशभर आन्दोलन चर्काउने चेतावनी दिएका हुन् ।  आफ्नो पार्टीका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गरेको विरोधमा एमालेले आजैबाट प्रदर्शन थालेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार