.webp)
काठमाडौ, चैत १५ :
नेपाल कराँते महासंघको साधारण सभा यही चैत्र २० र २१ गते हुदैछ ।
वारा जिल्लाको निजगढमा साधारण सभा हुन लागेको महासंघका केन्द्रीय सदस्य विजय बस्नेतले जानकारी दिनुभयो ।
साधारणसभामा हरेक जिल्लाबाट दुई दुई जना र ७ प्रदेशबाट पाँच पाँच जना प्रतिनिधिहरुको सहभागिता हुने सदस्य बस्नेतले जानकारी दिनुभयो ।
प्रत्येक संघबाट समेत दुई दुई जनालाई पर्यवेक्षकको रुपमा सहभागिता गराउने बताईएको छ ।
महासंघमा ९ वटा संघ आवद्ध रहेका छन् ।