काठमाडौं, चैत १५ :

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष  केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक पक्राउको विरोधमा एमालेका कार्यकर्ताले अहिले काठमाडौंको माइतीघरमा प्रदर्शन गरिरहेका छन्। एमालेका जनवर्गीय संघसंगठले  माइतीघरमा प्रदर्शन गर्दै ओलीलाई विना शर्त रिहा गर्न पनि माग गरेका छन्।

साथै उनीहरूले प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्दै पूर्वप्रधानमन्त्री ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरेको भन्दै सरकारविरुद्ध नाराबाजी गरिरहेका छन्।

एमालेले आईतबार देशभरका जिल्ला प्रशासन कार्यालयबाट सरकारको विरोधमा ज्ञापनपत्र  बुझाएको छ। एमालेले कानुनी र राजनीतिक दुवै संघर्ष गर्ने निर्णय गरी सोहीअनुसार आन्दोलन अगाडि बढाएको हो। एमालेको प्रदर्शनका कारण काठमाडौँको सुरक्षा व्यवस्था मजबुत बनाइएको छ।