काठमाडौं, चैत १६ :

वैदेशिक रोजगार विभागले आजदेखि आवेदन दिएकै दिन श्रम स्वीकृति प्रदान गर्ने व्यवस्था मिलाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टोकन प्रणाली हटाएर श्रम स्वीकृति प्रक्रियामा सुधार गरेको छ।

श्रममन्त्री दिपक कुमार साहको उपस्थितिमा भएको बैठकले श्रम क्षेत्रलाई व्यवस्थित र सुरक्षित बनाउन कार्ययोजना कार्यान्वयन गर्ने निर्णय गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिन श्रम स्वीकृति प्रदान हुने व्यवस्था गर्न वैदेशिक रोजगार विभागलाई निर्देशन दिएको थियो । तर, तोकिएको कागजात पेस भएको हुनुपर्ने विभागले जनाएको छ ।