
काठमाडौं, चैत १६ :
काठमाडौं जिल्ला अदालतले एमाले नेता महेश बस्नेतलाई पक्राउ अनुमति दिन अस्वीकार गरेको छ ।
बस्नेतलाई पक्राउ गर्न प्रहरीले सोमबार अदालतसमक्ष अनुमति माग गरेको थियो । सरकारी वकिलले प्रमाण नपुग्ने भन्दै तामेलीमा राख्ने निर्णय गरेको छ । बस्नेतविरुद्ध चैत १५ मा जबर्जस्ती करणीको जाहेरी दर्ता भएको थियो ।
अदालतको आदेशपछि उनले भनेका छन्, ‘ यस निर्णयका लागि काठमाडौँ जिल्ला अदालतप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु। प्रतिशोधको राजनीतिविरुद्ध न्यायालयले चालेको यो कदम स्वागतयोग्य छ।’