
नेकपा एमालेका सांसद राजेन्द्र राईले प्रधानमन्त्री बालेन्द्र शाहलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गरेका छन्। सोमबार प्रधानमन्त्रीले कोसी प्रदेशका सांसदहरूसँग गरेको छलफलका क्रममा सांसद राईले ओलीको रिहाइको माग गरेका हुन् ।
‘हाम्रो अध्यक्षलाई प्रतिशोध साँधेर पक्राउ गर्नुभयो, तत्काल रिहा हुनुपर्छ,’ सांसद राईको माग थियो । स्रोतका अनुसार प्रधानमन्त्रीले सांसद राईको कुरा सुने कुनै प्रतिक्रिया दिएनन् ।
राईले सांसदहरूले स्वकीय सचिव राख्न नपाउने विषयमा पनि असन्तुष्टि जनाए। राम्रो काम गर्नै पनि भन्ने अनि एउटा स्वकीय सचिव पनि राख्न नपाउने हुन्छ ?,’ राईको प्रश्न थियो । आ–आफ्ना क्षेत्रगत समस्याबारे सोधखोज गर्नका लागि प्रधानमन्त्री बालेनले उनीहरुलाई बोलाएका थिए ।
त्यसो त एमालेले देशैभरबाट सीडीओलाई ज्ञापनपत्र बुझाएर ओलीलाई गैरकानुनी रुपमा थुनामा राखेको भन्दै तत्काल रिहा गर्न आइतबार माग गरेका थिए ।