काठमाडौं, चैत १७ :

प्रधान न्यायाधीश प्रकाशमानसिंह राउत उमेर हदका कारण भोलिदेखि अनिवार्य अवकाश हुँदैछन् ।   ६५ वर्षे उमेर हदका कारण उनी भोलिदेखि अवकाशमा जान लागेका हुन् । उनको अवकाशसँगै सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशका रूपमा रहनेछिन् ।

वकालतमा ३३ वर्ष र सर्वोच्च अदालतको न्यायाधीशका रूपमा ८ वर्ष बिताएका प्रकाशमान सिंह राउत २०७३ साउन १७ गते न्यायाधीशका रूपमा प्रवेश गरेका थिए । राउतले १८ महिनाको अवधिमा न्यायालयमा केही संरचनागत सुधार भएको कानुन व्यवसायीहरु बताउँछन्।