काठमाडौं, चैत १७ :

सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा  कायम रहेको सिन्डिकेट अन्त्य गरेको छ।

अबदेखि वैदेशिक रोजगारीमा जाने श्रमिकले सरकारी स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउन सक्नेछन्।विगत लामो समय देखि वैदेशिक रोजगारीमा जानेहरूका लागि छुट्टै स्वास्थ्य संस्था स्थापना गरेर सीमित संस्थामार्फत सिन्डिकेट मार्फत हुने गरेको थियो । 

स्वास्थ्य परीक्षणका लागि थप अस्पताललाई अनुमति दिने प्रक्रिया अघि बढाइने रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा  जनाएको छ।

वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७२ को उपदफा (१) मा वैदेशिक रोजगारका लागि जाने कामदारले विदेश जानुअघि नेपाल सरकारबाट स्वीकृति प्राप्त स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गराउनु पर्ने व्यवस्था थियो ।

सरकारको यो निर्णयसँगै वैदेशिक रोजगारीमा जाने श्रमिकले अब सहज, सुलभ र प्रतिस्पर्धात्मक दरमा स्वास्थ्य परीक्षण सेवा पाउने मन्त्रालयले जनाएको छ । 

No description available.