बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
राजनीति

प्राथमिकताका आधारमा आयोजनाहरुलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १७ चैत, २०८२ मा प्रकाशित
प्राथमिकताका आधारमा आयोजनाहरुलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौं, चैत १७ :

प्रधानमन्त्री बालेन्द्र शाहले अत्यन्त जरुरी आयोजनाहरुलाई प्राथमिकताका आधारमा अघि बढाउने प्रतिबद्धता जनाएका छन् ।

मंगलबार सिंहदरबारमा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुसँग छलफल गर्दै प्रधानमन्त्री शाहले अत्यन्त जरुरी आयोजनालाई बजेटको सीमाभित्र रहेर प्राथमिकतामा आधारमा अघि बढाउने प्रतिबद्धता जनाएका हुन् ।

छलफलका क्रममा प्रधानमन्त्री शाहले प्रदेशमा अघि बढ्न नसकेका जरुरी योजनाहरुका बारेमा जानकारी लिएको कैलाली–४ बाट निर्वाचित सांसद खेमराज कोइरालाले जानकारी दिए ।

सुदूरपश्चिममा तत्काल आवश्यक २ अर्ब ६० करोड आसपासको बजेटलाई बिनियोजन गर्न आफूहरुले आग्रह गरेको र प्रधानमन्त्रीबाट सकारात्मक जवाफ प्राप्त भएको उनले बताए । सांसद कोइरालले बजेटको आकार हेरेर जरुरी योजनाहरुलाई अघि बढाउने समेत प्रतिबद्धता आएको जानकारी दिए ।प्रधानमन्त्री शाहले यसअघि सोमबार कोसी र कर्णाली प्रदेशबाट निर्वाचित बिभिन्न दलका सांसदहरुसँग छलफल गरेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार