काठमाडौं, चैत १८ :

गृहमन्त्री सुधन गुरुङले नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक प्रहरी सेवा प्रदान गर्न निर्देशन दिएका छन् । बुधबार जिल्ला प्रहरी परिसर काठमाडौंको स्थलगत निरिक्षण गर्दै मन्त्री गुरुङले सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई नागरिकमैत्री, स्वच्छ, पारदर्शी र सेवामूलक सेवा प्रदान गर्न निर्देशन दिएका हुन् ।

साथै उनले प्रहरी सेवामा प्रविधिको प्रयोगको सन्दर्भमा सरकारले आवश्यक व्यवस्थापन गर्ने प्रतिबद्धता जनाएको परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी दिए । निरिक्षणका क्रममा गृहमन्त्री गुरुङले परिसरबाट भइरहेको कामकारबाही सेवा प्रवाह र अपराध अनुसन्धानका विषयमा जानकारी लिएको परिसर प्रमुख एसएसपी थापाले बताए।

त्यस्तै एसएसपी थापाले काठमाडौंमा १३ सय भन्दा बढि सीसिटिभी रहेकोमा जेनजी आन्दोलनका क्रममा भएको तोडफोडपछि ९ सय ३७ वटा सीसीटिभी पुनः जडान भइसकेको जानकारी दिए ।