सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन #प्रस्तावित चार न्यायाधीश#लुम्बिनी विकास कोष#उपाध्यक्ष आनी छोइङ डोल्मा#नागरिकताको प्रतिलिपि#रसुवा बाढी पीडित#मनिष पण्डित#चलचित्र विकास बोर्डको अध्यक्ष#बडादसैं सकियो#सरकारी कार्यालयहरु खुले#मानुङकोट#तनहुँको पर्यटकीय गन्तव्य#मन्त्री प्रतिभा रावल#मौसम पूर्वानुमान#वर्षा र हिमपात#महामन्त्री प्रदीप पौडेल#बाबातालको संरक्षण#पर्यटन प्रवर्द्धन
राजनीति

एमाले हाँक्ने जिम्मेवारी बादललाई : दलको नेता हुँदै कार्यवाहक अध्यक्ष बने

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बुधबार, १८ चैत, २०८२ मा प्रकाशित
एमाले हाँक्ने जिम्मेवारी बादललाई : दलको नेता हुँदै कार्यवाहक अध्यक्ष बने
काठमाडौं, चैत १८ :

नेकपा एमालेले उपाध्यक्ष रामबहादुर थापालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ। संसदीय दलको नेता चयन भएका थापाले कार्यवाहक अध्यक्षको समेत जिम्मेवारी पाएका छन् ।

अध्यक्ष केपी शर्मा ओली अनुसन्धानका लागि हिरासतमा रहेकाले उनी हिरासतबाट बाहिर नआउँदासम्मका लागि थापालाई कार्यवहाकको जिम्मेवारी दिएको हो । ‘म हिरासतबाट मुक्त नहुँदासम्मका लागि कार्यवाहकको जिम्मेवारी दिएको छु,’ ओलीले थापालाई लेखेको पत्रको व्यहोरा उद्धृत गर्दै एमाले नेता ऐन महरले भने ।

संसदीय दलको नेता चयन भएपछि थापाले अंकगणित कम भए पनि  संसदमा सशक्त ढंगले प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार