बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’ #काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल#नेप्से परिसूचक#शक्तिशाली चक्रवात ‘अर्नब’
समाचार खेलकुद क्रिकेट

कात्तिक २१ देखि हुने टि- ट्वान्टी विश्वकपका लागि २० जना महिला खेलाडी छनोट

· शुक्रबार, १९ असोज, २०८१ मा प्रकाशित
कात्तिक २१ देखि हुने टि- ट्वान्टी विश्वकपका लागि २० जना महिला खेलाडी छनोट
असोज १९ :

आगामी कात्तिक २१ गतेदेखि नेपालले खेल्ने महिला यु- १९ टि- ट्वान्टी विश्वकपको एसिया छनोट खेलका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले २० खेलाडी छनोट गरेको छ ।

संयुक्त अरब इमिरेट्समा आयोजन हुने उक्त छनोट खेलका लागि क्यानले दोस्रो चरणमा २० खेलाडी छनोट गरेको हो । 

छनोटमा नेपालसँगै आयोजक संयुक्त अरब इमिरेट्स (युएई), कुवेत र थाइल्याण्ड छन् । छनोट हुने नेपाली खेलाडीमा सोनी पाख्रिन, कृष्मा गुरुङ, मनिषा उपाध्याय, साना प्रविन, प्रतिमा शाह, स्नेहा महरा, सावित्रा धामी र सुस्मिता भुसाल छन् ।

त्यसैगरी रञ्जु श्रेष्ठ, किरनकुमारी कुँवर, तृष्ना विक, रिया शर्मा, अलिशाकुमारी यादव, भवानी कामती, पूजा महतो, कुसुम गोदार, सिमाना केसी, ज्योत्सिका मरासिनी, रचना चौधरी र आश्मा पुलामी मगर रहेका छन् । 

विश्वकपको एसिया छनोटको आफ्नो पहिलो खेलमा नेपालले आगामी कात्तिक २१ गते थाइल्याण्डसँग खेल्दै प्रतियोगिताको उद्‌घाटन गर्नेछ ।

त्यसैगरी नेपालले दोस्रो खेल कात्तिक २२ गते कुवेतसँग खेल्ने छ भने कात्तिक २४ गते घरेलु टोली युएईसँग खेल्नेछ ।नेपालको कात्तिक २५ गते थाइल्याण्डसँग खेल्ने छ भने कात्तिक २७ गते कुवेतसँग खेल्नेछ । नेपालले अन्तिम खेलमा कात्तिक २८ मा युएईसँग खेल्नेछ ।

चार टोली सहभागी रहने उक्त  छनोटमा शीर्षस्थान हासिल गर्ने टोली अर्को वर्ष मलेसियामा आयोजना हुने विश्वकपका लागि छनोट हुनेछ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार