
काठमाडौं, चैत १९ :
प्रतिनिधिसभाको पहिलो दिनको बैठक सम्पन्न भएको छ। बैठक सभामुखको हैसियतमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सञ्चालन गरेका थिए । अर्को बैठक चैत २२ गते आइतबार बस्ने उनले जानकारी गराए। सोही दिन प्रतिनिधिसभाको सभामुख चयन गरिने छ।
आजको बैठकमा ज्येष्ठ सदस्य केसीले राष्ट्रपति रामचन्द्र पौडेलबाट संघीय सदनको दुवै अघिवेशन आह्वान गरिएको पत्र पढेर सुनाएका थिए । त्यसपछि उनले दलको हैसियत अनुसार पालैपालो बोल्न र शुभकामना दिन सांसदहरुलाई समय दिएका थिए । आज सदनमा प्रतिनिधित्व गर्न ६ दलका एकएक जना र स्वतन्त्र सांसद महावीर पुनले आफ्नो भनाइ राखेका थिए ।