काठमाडौं, चैत १९ :

स्वतन्त्र सांसद महावीर पुनले प्रतिनिधिसभामा आफ्नो भूमिका निष्पक्ष हुने बताएका छन् । बिहीबार प्रतिनिधिसभाको पहिलो बैठकमा सांसद पुनले आफू आउनै नपर्ने मान्छे आएको बताउँदै आफू निष्पक्ष रहने बताएका छन् । ‘म एउटा अचम्मको सांसदको रूपमा यहाँ आएको छु,’ उनले भने, ‘किनभने म फरक छु ।’

त्यसपछि चार महिना शिक्षा मन्त्री रहँदा शिक्षा क्षेत्रका अनेकौं समस्या, चरम राजनीतिककरण विकृति देखेको उनले बताए । सदनमा आफ्नो भूमिकाबारे उनले  भने, ‘मेरो भूमिका पक्ष–विपक्ष भन्दा पनि निष्पक्ष हुनेछ ।’ समाजसेवी भएकाले प्रतिनिधिसभाको उम्मेदवार हुने रहर पनि नभएको पनि सुनाए ।