काठमाडौं, चैत १९ :

नेपाली कांग्रेसले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन अध्ययन गर्न छुट्टै समिति बनाएको छ। 

वरिष्ठ अधिवक्ता यदुनाथ खनालको नेतृत्वमा पाँच सदस्यीय अध्ययन समिति गठन गरेको हो। समितिमा पूर्वन्यायाधीश कृष्णप्रसाद पौडेल, अधिवक्ताद्वय विनोद कार्की र रामचन्द्र गौतम (आरसी) तथा युवा अभियन्ता यजश्वी राई सदस्य रहेका छन्। गौरीबहादुर कार्कीको नेतृत्वको आयोगको प्रतिवेदन अध्ययन गरेर राय, सुझावसहितको प्रतिवेदन बुझाउन गठित समितिलाई सात दिनको समय दिएको छ।

गत भदौ २३ र २४ गतको भएको घटनाको छानबिन गर्न सरकारले कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो। आयोगको प्रतिवेदनका आधारमा सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ।