काठमाडौं, चैत १९ :
नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले निर्वाचन आयोगमा पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको विवरण अद्यावधिक गराएको छ ।
महाधिवेशनबाट निर्वाचित सबै विवरण अद्यावधिक गरिएको एमाले केन्द्रीय सदस्य निरज आचार्यले जानकारी दिए । उनका अनुसार पार्टीको विधान, नियमावली र केन्द्रीय सदस्यको नाम अद्यावधिक गरिएको हो ।
उनले प्रतिनिधिसभा निर्वाचनका कारणले पार्टी महाधिवेशनपछि विवरण बुझाउन नपाइएकाले आज मात्र बुझाइएको बताए । एमालेको गत मङ्सिर २७ देखि २९ गतेसम्म काठमाडौँमा महाधिवेशन भएको थियो । पार्टीको महाधिवेशन भएपछि निर्वाचन आयोगमा सबै विवरण बुझाउनुपर्ने व्यवस्था रहेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ