
काठमाडौं, चैत २० :
नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी(नेकपा) ले सभामुख पदमा उम्मेदवारी नदिने भएको छ। नेकपाले डीपी अर्याललाई सभामुखमा समर्थन गर्दै उपसभामुखमा भने दाबी रहेको प्रमुख सचेतक युवराज दुलालले बताए। सहमति भए उपसभामुख पदमा उम्मेदवारी दिने उनले बताए ।
त्यसो त कांग्रेसले पनि सभामुख पदमा उम्मेदवारी नदिने जनाएको छ । सत्तापक्षसँग संसद्मा सुविधाजनक अंक रहेको र सभामुख साझा व्यक्ति पनि भएको हुँदा सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका महामन्त्री प्रदीप पौडेलले बताएका छन् । उपसभामुखमा भने कांग्रेसले पनि दाबी गरेको छ ।