काठमाडौं, चैत २२ :

प्रतिनिसभाको उपसभामुखमा नेपाली कांग्रेसले दाबी गरेको छ । ठुलो दलको तर्फबाट समाभुख निर्वाचित भइसकेको हुँदा उपसभामुख दोस्रो ठुलो दलले पाउनु पर्ने कांग्रेसको माग छ । त्यसो त नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राप्रपाले पनि उसभामुखमा चासो देखाएका छन् । सबैभन्दा ठुलो दलले सभामुख लिइसकेपछि अब अर्को कुनै दलले उपसभामुख पाउने छ।

सभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोरप्रसाद अर्याल (डीपी) निर्विरोध निर्वाचित भइसकेका छन्। कांग्रेस प्रवक्ता देवराज चालिसेले प्रतिनिधिसभाको प्रतिपक्ष र राष्ट्रियसभाको पहिलो हैशियतमा कांग्रेसले उपसभामुख पाउनुपर्ने दाबी गरे । प्रधानमन्त्रीको अध्यक्षता रहने संवैधानिक परिषद्‍मा प्रधानन्यायाधीश, सभामुख, उपसभामुख, राष्ट्रिय सभा अध्यक्ष र विपक्षी दलका नेता सदस्य रहन्छन्।