काठमाडौं, चैत २२ :

सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले दुई दिन बिदा दिने निर्णय गरेको हो।

भोलिदेखि नै लागू हुनेगरी सरकारले शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेको हो।  यो बिदा सरकारी कार्यालय र शैक्षिक संस्थाको हकमा लागू हुने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । 

मध्यपूर्वमा भएको द्वन्द्वका कारण पेट्रोलिय पदार्थ र ग्यासको अभाव हुन थालेपछि सरकारले यो नीति लिएको हो । सरकाले दैनिक घाटा खाएरै भए पनि इन्धन बिक्री वितरण गर्दै आएको छ । सरकारले यो निर्णयले आर्थिक घाटा कम हुने अपेक्षा गरिएको छ ।

यस्तै सरकारले आगामी शैक्षिक सत्र वैशाख १५ गते सुरु गर्ने निर्णय गरेको छ।  मन्त्रिपरिषद्को बैठकले शैक्षिक सत्र १३ दिन ढिला गर्ने निर्णय गरेको हो। यसअघि वैशाख २ मा नयाँ शैक्षिक सत्रको सुरुवात हुने गरेको थियो।