मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

महान्यायाधीवक्तामा कँडेल नियुक्त

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, २२ चैत, २०८२ मा प्रकाशित
महान्यायाधीवक्तामा कँडेल नियुक्त
काठमाडौं, चैत २२ :

महान्यायाधीवक्तामा अधिवक्ता डा. नारायण कँडेल नियुक्त भएका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार कँडेललाई महान्यायाधिवक्तामा नियुक्त गरेका हुन् । 

सरकारको मुख्य कानुनी सल्लाहकारको रुपमा महान्यायाधिवक्ताको भूमिका रहने गरेको छ ।  बागलुङबाट पत्रकारिता थालेका कँडेलले २०४९ सालदेखि पूर्णकालिकन रुपमा पत्रकारिता सुरु गरेका थिए।

२०६० सालमा नेपाल बार काउन्सिलबाट अधिवक्ताको प्रमाणपत्र लिएसँगै उनको व्यावसायिक कानुनी यात्रा औपचारिक रूपमा सुरु भएको थियो । उनी पछिल्लो समय रास्वपा सभापति रवि लामिछानेको निजी कानुन व्यवसायी रहदै आएका थिए । कँडेलले बेलायतको क्विन्स युनिभर्सिटीबाट कानुनमै विद्यावारिधि गरेका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार