बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

प्रतिनिधिसभा नियमावली नयाँ बनाउने सर्वदलीय बैठकको निर्णय

सरकार संविधान र कानुनभन्दा बाहिर गए एमालेले सदनबाट प्रतिवाद गर्ने
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, २३ चैत, २०८२ मा प्रकाशित
प्रतिनिधिसभा नियमावली नयाँ बनाउने सर्वदलीय बैठकको निर्णय
काठमाडौं, चैत २३ :

सर्वदलीय बैठकले नयाँ प्रतिनिधिसभा नियमावली बनाउने निर्णय गरेको छ ।

सोमबार सिंहदरबारमा बसेको बैठकले प्रतिनिधिसभा नियमावली २०७९ संशोधन गरेर नयाँ बनाउने निर्णय गरेको हो । यसका लागि नियमावली मस्यौदा समिति गठन गर्ने निर्णय भएको नेकपा एमालेका सांसद गुरु बरालले जानकारी दिए ।

त्यस्तै बैठकले संसद्को कामकारबाहीलाई डिजिटल बनाउँदै लैजाने र तत्काललाई कागज र डिजिटल दुवैको प्रयोग गर्ने निर्णय गरेको छ भने सवै दलको प्रभावकारी प्रतिनिधित्व रहने गरि २१ सदस्यीय कार्यव्यवस्था परामर्श समित बनाइने बरालले बताए।

उनले संविधानको प्रयोगमा देखिएको चुनौतीहरूको विषयमा एमालेले सदनमार्फत आवाज उठाउने बताए । कानुनको परिपालनाको विषयमा कुनै विवाद नगर्ने भन्दै उनले विधिको शासनमाथि प्रश्न उठे प्रतिपक्षीको हैसियतले आवाज बुलन्द गर्ने धारणा राखे ।

त्यस्तै एमाले सांसद बरालले सरकार संविधान र कानुनभन्दा बाहिर गए सदनबाट प्रतिवाद गर्ने समेत उल्लेख गरे । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार